• ७ असोज २०८३, बुधबार
  • ८ः०५ राती

धेरैजसो उच्च संक्रमण, पैसाबाट पनि कोरोना सर्ने

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०७:५८

काठमाडौं,नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन्।

National Life

संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन्। त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन्। उपत्यकाबाहिरका मुख्य सहरहरुमा पनि फैलिने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमण दर बढ्दो छ। कुल संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ पुगेको छ। यो हिसाबले कुल संक्रमितको ७२.९ प्रतिशत मात्र निको भएका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ। तीमध्येमा ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका २ सय जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत २४ घण्टामा १२ हजार ४ सय ४४ वटा नमुना परीक्षण भएको छ भने कुल परीक्षण संख्या १० लाख ३३ हजार ९ सय ४७ पुगेको छ। दैनिक कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम स्थानका हरेक नागरिकले पूर्ण सुरक्षा मापदण्ड पालना गरी आफू र घरमा रहेका दीर्घरोगी, वृद्ध–वृद्धालाई संक्रमणबाट बचाउन अनुरोध गरेको छ। पछिल्लो चरणमा बढी मात्रामा संक्रमण हुनेमा समूहमा बस्ने, समूहमा काम गर्ने, बैंक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक तरकारी बजारमा आवात–जावात गर्नेहरू रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। ‘यी ठाउँमा काम गर्नेले सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नुहोला,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

पैसाबाट कोरोना सर्छ
कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न सुझाएकी छिन्। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

प्रतिकृया