• ७ असोज २०८३, बुधबार
  • ६ः३५ बिहान

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०८:२२

काठमाडौं, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो।

National Life

युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली (सार्की) जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ। विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए। त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन्।

तर शम्शेरले विवाह नहुँदै गर्भवती हुनु राम्रो नहुने भन्दै गर्भपतनका लागि दबाब दिने गरेका थिए। ‘पेट दुख्ने, बान्ता हुनेजस्ता समस्या आएपछि शम्शेरलाई औषधि ल्याउन लाएर खाएँ,’ समीक्षाले भनिन्, ‘त्यसपछि रगत बग्न थाल्यो।’ असारको अन्तिम सातातिर समीक्षाको रगत धेरै नै बग्न थालेपछि माइती पक्षले गर्भ रहेको जानकारी पाएका थिए। छोरीको स्वास्थ्यमा समस्या आउन थालेपछि घटनाबारे जानकारी पाएको आमा जमुना सार्कीले बताइन्। यो समाचार आजको नागरिक दैनिकमा विनोद परियारले लेखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया