• ११ असोज २०८३, आइतबार
  • ७ः३६ बेलुका

राजकीय सम्मानका साथ यसरी गरियो आङरिता शेर्पाको अन्तिम बिदाइ

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार १२:३७

काठमाडौं,कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शेर्पाको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो । शेर्पाको बुधबार धार्मिक परम्पराअनुसार राजधानीमा अन्तेष्टि गरियो । उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइएको थियो भने सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

National Life

प्रतिकृया