• ११ असोज २०८३, आइतबार
  • ३ः५५ दिउँसो

बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको निधन

प्रकाशित मिति

२०७७ आश्विन ५ गते, सोमबार ०२:३६

काठमाडौं,पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।

National Life

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

प्रतिकृया