• १५:४३ २०८० चैत्र १६ गते
  • 3:43 pm

सुगाको मृत्यु पछि महिलालाई कैद सजाय किन ?

प्रकाशित मिति

२०७७ आश्विन ५ गते, सोमबार ०२:५२

89 1 3204617 m

एजेन्सी, मानिसले चाहे त्यो पाल्तु होस् वा जंगली जनावरको निकै हेरविचार गर्छ, तर मानिसलाई धेरै दुख दिएमा ज्यान पनि लिन सक्छन् । यस्तै एउटा घटनाको उदाहरण बाहिर आएको छ । भियतनाममा एक महिलाले एक सुगाको धेरै नराम्रोसँग हत्या गरिदिएकी छिन् ।वास्तवमा ती महिलाको नाम त्रान थी थुई हैंग हो । उनी पति र सौतेनी छोरीसँग बस्दै आएकी थिइन् । उनकी छोरीको साथमा एक लकी नामको सुगा थियो । ती सानी बच्चीलाई उनले धेरै कुट्ने गर्थिन् । एक दिन लकी सुगाले हैंगको दाहिने गालामा टोकी दियो । सुगाले गाला टोकेपछि हैंग अत्तालिन ।

उनले रुदै पति यु ची मेंगलाई घरबाट सुगा निकाल्न भनिन् तर पतिले त्यसो गरेनन् । यसै क्रममा पति र छोरी बाहिर गएको समयमा हैंगले सुगालाई कुटपिट गर्न थालिन । यसरी पिटीन सुगा उठ्नै सकेन, सुगा नमरेसम्म कुटिरहिन् । सुगा मेरेपछि रिसले चुर भएकी हंैगले पिंजडामा सुगालाई हालेर बाहिर फालिदिइन् ।

हैंगद्धारा एक निर्दोष सुगाको हत्या भएको हुनाले सिंगापुर अदालतले उनलाई सुजाय सुनाएको छ । अदालतले हैंगलाई ५ हप्ताको कैद सुनाएको छ । सुनुवाईको क्रममा हैंगले आफुबाट गल्ती भएको स्विकार गरेकी छिन् । हंैगले सुगाको हत्या गरेकोमा सबै परिवार दुखि भएका छन् । मानिसहरुले यसरी पनि एउटा निर्दोषको हत्या गर्न सक्ने बारेमा सोच्न बाध्य भएका छन् । एजेन्सी

प्रतिकृया