• ६ असार २०८३, शनिबार
  • ३:४२ बेलुका

वाग्मती प्रदेशसभाका उपसभामुख सङ्क्रमणमुक्त

प्रकाशित मिति

२०७७ भाद्र २१ गते, आईतवार ०९:२७

मकवानपुर, वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उहाँ सङ्क्रमणमुक्त हुनुभएको छ ।

हेटौंँडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिनुभयो । आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा सङ्क्रमणमुक्त भएको उहाँले बताउनुभयो ।
रासस

Kamana Sewa

प्रतिकृया