धौलागिरि अस्पतालको हाइ केयरमा थपियो उपकरण
प्रकाशित मिति
२०७७ भाद्र २१ गते, आईतवार ०९:३०
बलेवा, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य पाठकका तर्फबाट आएको रकमबाट धौलागिरि अस्पताल बागलुङमा विभिन्न उपकरण भित्र्याइएको छ । अस्पतालमा निर्माण गर्न लागिएको हाइ केयर युनिटका लागि सामग्री झिकाइएको थियो ।
कार्यक्रममार्फत विनियोजन भएको रु ५० लाखबाट टेन्डर गरेर ती सामग्री ल्याइएका हुन् । आज डा पाठकले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई सामग्री हस्तान्तरण गर्नुभयो । टेन्डरमार्फत झिकाइएका सामग्रीमा एनेस्थेसिया वर्क स्टेशन, प्यासेन्ट मनिटर र भिडियो लर्निङ सेप ९भिडियोमार्फत श्वास नलीको परीक्षण गर्ने मेसिन० छन् । ती सामग्रीबाट अस्पतालमा हाइ केयर युनिट बनाइने छ । सांसद पाठकले यसअघि नै रकम विनियोजन गराए पनि प्रक्रियागतरुपमा सामान ल्याउन ढिलाइ भएको थियो ।
रासस

Related
Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया