• ७ असार २०८३, आइतबार
  • १:०४ बिहान

अन्नबाली क्षतिले किसान चिन्तित

प्रकाशित मिति

२०७७ भाद्र ६ गते, शनिबार ११:२९

बैतडी, बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका हुन् । दिनमा बाँदर, रातिको समयमा जङ्गली बँदेल, दुम्सीलगायत जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतङ्कित भएका छन् ।

जङ्गली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ७ चडेपानीका केशव भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “रातभर जाग्राम बसे पनि जङ्गली जनावरले मकैबालीमा ब्यापक क्षति पु¥याएको छ ।” जङ्गली जनावर धपाउन रातभर मकैबारीमै बस्ने गरेका दोगडाकेदार–३ का स्थानीय प्रकाश चन्दले जानकारी दिनुभयो । जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।

Kamana Sewa

जङ्गली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको छ । मकैबाली जोगाउनकै लागि बाजागाजा बजाउने गरेको सूर्नया गाउँपालिका–७ का केशव बिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न रोग कीराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट गर्ने गरेको छ ।”

Classic Tech Desktop

जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । यस्तै दार्चुलाको शैल्यशिखरमा पनि जङ्गली जनावरले आतङ्क मच्चाउन थालेको गङ्गासागर जोशीले बताउनुभयो ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–३ सतिगाउँमा पनि जङ्गली बँदेलले मकैबाली सखाप पारेको किसानले बताएका छन् । मकैबाली जोगाउनका लागि रातभर बारीमै पहरा दिने गरिएको भागेश्वरबाट अशोक भट्टले जानकारी दिनभयो । उहाँले भन्नुभयो, “अन्नबाली र तरकारीमा जङ्गली जनावरले वर्षेनी क्षति पु¥याउँदै आएको भए पनि स्थानीय तहले कुनै पहल गरेको छैन ।”

जङ्गली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ । फौजी कीरा र फेदकटुवा कीराले अन्नबाली नष्ट गरेकोमा बँदेललगायतका जङ्गली जनावरले अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।

राहत पाउँदैनन् किसान

प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । खास गरेर बर्खेबालीमा जङ्गली बँदेल, दुम्सीलगायत जनावरले क्षति पु¥याउने गरेका हुन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले वर्षेनी बालीनालीमा क्षति बेहोर्दा सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।

बालीनालीमा क्षति हुने गरेको भए पनि कतैबाट क्षति पाउन नसकेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताउनुभयो । उहाँले बताउनुभयो, “प्रत्येक वर्ष मकैबालीमा क्षति हुने गरेको भए पनि सरकारी निकायबाट कुनै किसिमको क्षतिपूर्ति पाउन सकेको छैन ।”

जङ्गली जनावरले बालीनाली नष्ट गरेमा क्षतिपूर्ति दिने प्रावधान नरहेको मकै जोन कार्यालय बैतडीका प्रमुख हरिप्रसाद पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाभरी मकैबालीमा क्षति पुु¥याएको भए पनि क्षतिपूर्ति दिने प्रावधान रहेको छैन ।” बैतडी मकैको पकेट क्षेत्र भए पनि पकेट क्षेत्रमै मकैबालीमा क्षति भएपछि किसान हैरान भएका छन् । जिल्लाको सूर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकालाई मकै पकेट क्षेत्रको रुपमा तोकिएको छ । यी क्षेत्रहरुमा मकै उत्पादन वृद्धि र प्रशोधनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि जङ्गली जनावरबाट मकैबाली जोगाउन धौ धौ भएको किसानले बताएका छन् । मकै जोन कार्यालयले बीउविजन र केही प्राविधिक सहयोग गरेको भए पनि जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका विषयमा केही नगरेको किसानको गुनासो छ ।
रासस

प्रतिकृया