• ६ असार २०८३, शनिबार
  • १०:२९ बेलुका

सुख्खा पहिरो खस्दा सडक अवरुद्ध

प्रकाशित मिति

२०७७ भाद्र ६ गते, शनिबार ११:१६

चितवन, सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका छन् ।
रासस

Kamana Sewa

प्रतिकृया