• २९ भदौ २०८३, सोमबार
  • ३ः२५ दिउँसो

बाढीपहिरो पिडित उद्धारका लागि कांग्रेसको आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ भाद्र ३ गते, बुधबार १२:१४

काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरोमा परेकाको उद्धार र राहतका लागि भन्दै आर्थीक सहयोग गरेको छ । बाढी पहिराका कारण पछिल्ला दिनमा भएको क्षतिमा उद्धार र राहतको जिल्लास्तरीय अभियानलाई बल पुर्याउन विभिन्न ३० जिल्लामा रु ४५ लाख आर्थिक सहयोग गरेको हो ।

National Life

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रू ४५ लाख ‘स्नेहको सानो सहयोग’ का रुपमा रु एक लाख ५० हजारका दरले पहिलो चरणमा ३० जिल्लामा कांग्रेस जिल्ला कार्यसमितिका नाममा सहयोग पठाइएको हो ।

पहिलो चरणमा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीका लागि उक्त सहयोग मंगलबार पठाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया