• २३ भदौ २०८३, मंगलबार
  • ८ः०७ बिहान

भक्तपुरका विद्यायलमा कोरोना अभिमुखिकरण

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०७:१४

भक्तपुर, भक्तपुर जिल्लाका बिभिन्न सामुदायिक विधालयहरुमा कोरोना र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।  बी.पी. नेत्र प्रतिष्ठान बालअाँखा, नाक,कान, घाँटी अस्पताल एबं पुुन स्थापना सेवा लोकन्थली भक्तपुरको आयोजन ातथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र नेपाल जेसिसको सहकार्यमा अभिमुखिकरणको आयोजना गरिएको हो ।

National Life

श्री शान्ति निकेतनमा.वि. राममन्दिर सुर्यबिनायक, श्री आदर्श मा.वि. लायकु ठिमी र श्री महेन्द्र शान्तिमा.वि. बालकोट गरि ३ वटा विद्यालयमा संचालन गरिएको अभिमुखी कार्यक्रममा शिक्षक र विद्यार्थी गरी १०२ जनाको सहभागिता रहेको थियो । लकडाउनको समयमा सामाजिक दुरी कायम गरिनुका साथै अन्य आवश्यक सतर्कता समेत अपनाएर संचालन गरिएको अभिमुखिकरणमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर र नेपाल जेसिस भक्तपुरद्वारा सहभागीहरुलाई मास्क लगायत कोरोना सम्बन्धि चेतना मुलक सामाग्रीहरु बितरण गरिएको थियो ।

बी.पी. नेत्र प्रतिष्ठानका आउटरिच तथा तालिम संयोजक राम के.सी., मेडिकल अफिसर डा. समित दास, र नेपाल रेडक्रसका सहजकर्ता ईश्वर श्रेष्ठ तथा सफलता श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा शान्ति निकेतनमा.वि.का प्र.अ. महेन्द्र गोपाल कर्माचार्य, आदर्शमा.वि.ठिमीका प्र.अ. बुद्घिकमार श्रेष्ठ र महेन्द्र शान्तिमा.वि.का प्र.अ. गोपाल बिक्रम थापाले आयोजक तथा सहयोगी संस्थाहरुलाई धन्यबाद दिएका थिए ।

प्रतिकृया