लागू औषध र नक्कली नोटसहित तीन जना पक्राउ
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ०६:१३
काठमाडौं, लागू औषध तथा नक्कली नोट कारोवार गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने जिल्ला मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया भारत ठेगाना भएका २५ बर्षीय सुधिर कुमार कुशहवा, बारा जिल्ला सिम्रनगढ नपा वडा नं. ४ का २६ बर्षीय मनोज साह तेली र बारा जिल्लाकै आदर्श कोटवाल गा.पा. वडा नं.६ पटेर्वाका ३० बर्षीय नरेन्द्र प्रसाद कुशहवा रहेका छन् ।
लागू औषध नियन्त्रण व्यूरोको टोलीले बारा जिल्लाको महागढीमाई नगरपालिका–२ बरियापुरबाट शनिबार उनीहरुलाई ना.५४प.३८०५ नंम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।
उनीहरुसंग अवैध नक्कली नेपाली रूपैया १००० दरको १४७० वटा, १०० दरको ७४४ वटा गरी जम्मा नेपाली रुपैया रु.१५,४४,४०० (पन्ध्र लाख चवालिस हजार चार सय रुपैया), त्यसै गरी भारतिय नक्कली रुपैया ५०० दरको २९७ वटा र ५० दरको ७०३ वटा गरी जम्मा भारतिय रुपैया रु.१,८३,६५० (एक लाख त्रियासी हजार छ सय पचाँस) फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरीआवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको जनाएको छ।





प्रतिकृया