राखेपको सदस्यसचिवको छनोट प्रकृया अगाडि बढ्यो
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ११:४१
काठमाडौँ, राष्ट्रिय खेलकुद परिषद्रा (राखेप) को सदस्यसचिवको छनोट प्रकृया अगाडि बढेको छ। युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवका लागि आह्वान गरेको खुला दरखास्तको समयमा २७ जना प्रत्यासी देखिएका छन्।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले उक्त सूचिबाट अब एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने छ। मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई राखेपको सदस्यसचिव नियुक्त गर्ने निर्णय गर्ने छ।
राखेप सदस्यसचिवका लागि आवेदन दिनेहरुमा ललितपुरको पाटनका रोशन महर्जन, चितवनको भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुको सोताङ्गका हर्कबहादुर राई, सुनसरीको इटहरीका मिना श्रेष्ठ, डडेलधुराको समैजीका शिवराज भट्ट, बाग्लुङको बरेङ्गका लिलबहादुर थापा मगर र काठमाडौंका रविराज कर्णिकार रहेका छन्।
यसैगरि काठमाडौँको टोखाका अचुतम लामिछाने, ललितपुरको महालक्ष्मी नगरपालिकाका निलमसिंह बज्रचार्य, धादिङ्गको बेनिघाटका रमेशकुमार सिलवाल, झापाको कमल गाउँपालिकाका मेघराज पौडेल, काठमाडौंका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, कास्कीको पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राई, काठमाडौँको बुढानिलकण्ठका सानुराजा केसी, ललितपुरकी अन्जु श्रेष्ठ, ललितपुरकै सुदिल शाही, काठमाडौँका रमेशमान डंगोल, काठमाडौँका ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी र काठमाडौँको कागेश्वरीका राम पुडासैनीले पनि दरखास्त दिएका छन्।
दरखास्त दिने अन्यमा ललितपुरका सुनिल नकर्मी, काठमाडौँका रणबहादुर चन्द, मकवानपुरको हेटौँडाका दीपेन्द्र ढकाल, कास्कीको पोखराका तेजबहादुर गुरुङ र किशोर शाही रहेका छन्।





प्रतिकृया