• २३ भदौ २०८३, मंगलबार
  • ५ः५९ बिहान

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०९:२८

स्वदेशीलाई छाडेर आयातीत

National Life

काठमाडौं । प्रसारण लाइनकै कारण भारतबाट महँगोमा बिजुली किन्नुपर्ने अवस्था सिर्जना भएको छ। प्रसारण लाइन नहुँदा नेपालमा निजी क्षेत्रले उत्पादन गरेका विद्युत् बिक्री गर्न नसकी भारतबाट आयात गर्नुपर्ने अवस्था आएको सरकारी प्रतिवेदले उल्लेख गरेको छ।

महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदनमा निजी लगानीको विद्युत् उत्पादनको नमुना सर्भेक्षण गर्दा कम प्रसारण क्षमता भएको लाइनबाट बढी विद्युत् प्रवाह गर्नुपर्ने, प्रसारण लाइनको नियमित मर्मत सम्भार र गुणस्तर जस्ता कारणले उत्पादित सबै बिजुली प्रयोग हुन नसकेको निष्कर्ष निकालिएको छ। हाल निजी क्षेत्रका ९० आयोजनाबाट उत्पादित ६ सय १८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारको विश्लेषणअनुसार निजी क्षेत्रका ती १८ आयोजनाबाट उत्पादित कुल विद्युत्मध्ये वार्षिक ९५.६१ गिगावाट प्रतिघण्टा बिक्री गर्न नसकेको अवस्था छ। ९५.६१ गिगावाट प्रतिघण्टा विद्युत् खरिद सम्झौता ९पीपीए० को औसत ४ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टाका दरले उत्पादकलाई ३८ करोड २४ लाख ५९ हजार नोक्सानी भएको देखिन्छ। विद्युत् अभाव हटाउन उक्त ९५.६१ गिगावाट प्रतिघण्टा भारतबाट खरिदका लागि औसत ८ रुपैयाँ प्रतिकिलोवाट प्रतिघण्टका दरले ७६ करोड ४९ लाख १९ हजार भुक्तानी गरेको देखिन्छ।

प्रसारण लाइनका कारण उत्पादित सबै बिजुली खरिद गर्न नसक्ने एकातिर छ भने अर्कोतिर भारतबाट महँगोमा बिजुली किन्दा १ खर्ब १४ करोड ७४ लाख रुपैयाँ राज्यलाई नोक्सानी हुन गएको छ। यसै कारण नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतर सम्भार तथा गुणस्तरमा ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिकृया