• २१ भदौ २०८३, आइतबार
  • ५ः०७ बेलुका

बाँकेमा सलहको प्रकोप, किसान चिन्तित

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०९:३१

 

National Life

बाँके । बाँकेमा सलहको ठूलो झुण्डले अन्नबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाको नरैनापुर, डडुवा, बैजनाथ लगायतका क्षेत्रमा सलहको झुण्डले अन्नबालीमा क्षति पुर्‍याएको छ ।

Classic Tech Desktop

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।

बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पुर्‍याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ ।

भारतको श्रावस्ती जिल्लाबाट प्रवेश गरेका करीब पाँच लाख सलहले बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत अन्न बालीमा क्षति पुर्‍याएको बताइएको छ ।

गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए ।

सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ । आज बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले जानकारी दिए ।

प्रतिकृया