• २१ भदौ २०८३, आइतबार
  • १२ः४४ दिउँसो

भारतीय हस्तक्षेपले तराई डुवानमा पर्‍यो :गृहमन्त्री थापा

प्रकाशित मिति

२०७७ असार २९ गते, सोमबार ०४:०४

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको र यस्तो गतिविधि हस्तक्षेप नै भएको बताउनु भएको हो ।

National Life

उहाँले बैठकमा भन्नुभयो, ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो । उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन् ।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको मन्त्री थापाले बताउँदै भन्नुभयो, ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन’

Classic Tech Desktop

मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दियो ।

प्रतिकृया