मयूर यातायात सञ्चालनमा
प्रकाशित मिति
२०७७ असार २९ गते, सोमबार ०४:३७
काठमाडौं, कोरोनाका कारणले देश बन्दाबन्दी भएको लगभग चार महिना पुग्न लागेको छ । साढे तीन महिनादेखि सार्वजनिक यातायात सेवाहरु पनि थप्प रहेको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउदै सार्वजनिक यातायाता सुचारु गर्न निर्देशन दिए पनि यातायात व्यवसायीहरुले विभिन्न माग गर्दै यातायात सञ्चालनमा ल्याएका छैनन् । तर मयुँर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।
सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताए । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ ।




प्रतिकृया