• २० भदौ २०८३, शनिबार
  • ३ः४६ राती

गाईघाट जलमग्न, उद्धारका लागि स्थानीय प्रशासन तयारीमा

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०५:१९

गाईघाट, अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । जिल्लाका त्रियुगा ,बरुवा ,ककरु,तावा र यारी लगायत दर्जनौ खोलामा पानीको वहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ ।

National Life

अविरल वर्षाबाट जिल्लाको जनजीवन चौतर्फि रुपमा प्रभावित भएको छ । स्थानीय बरुवा र त्रियुगा खोलामा आएको बाढीले कतिपय स्थानमा तटबाध बगाउदा गाईघाट पूर्वको वस्तिहरु उच्च जोखिममा परेको छ । त्रियुगा नगरपालिका वडा नं ११ को असारी रोड र बरुवा वसपार्क क्षेत्रमा स्थानीय वासिन्दाका दर्जन बढि घरहरु डुवानमा परेका छन ।

यसैबीच पानी पर्ने क्रम अझै नरोकिएको र जोखिम झन बढ्दै गएको भन्दै जिल्ला विपत ब्यावस्थपन समितिका अध्यक्ष एवम उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालले कुनैपनि बेला हुनसक्ने बिपतिबाट सर्वसाधारणलाई तत्काल राहात र उद्धारका लागि स्थानीय प्रशासन तयारी अवस्थामा रहेको बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया