बाढी पहिरो प्रभावित ठाँउमा उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन
प्रकाशित मिति
२०७७ असार २६ गते, शुक्रबार ०९:२०
काठमाडौं । नेपाल तरुण दलले अविरल वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगायत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति व्यहोरीसकेको भन्दै उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ ।

अध्यक्ष जितजंग बस्नेतले शुक्रबार जिल्ला अध्यक्षहरूलाई परिपत्र गर्दै राहत र उद्धारमा खटिन निर्देशन दिएके हो ।
‘जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पुर्वानुमान गरिएको छ’, परिपत्रमा उल्लेख गरिएको छ, ‘यस्तो समयमा खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।’
‘त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ’, अध्यक्ष बस्नेतले बताएका छन् ।

‘यस्तो विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरू एवं मातृपार्टी र अन्य भ्रातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ’, परिपत्रमा उल्लेख छ ।




प्रतिकृया