• २१ भदौ २०८३, आइतबार
  • ३ः२३ दिउँसो

निजि बिद्यालयलाई लकडाउन अवधिको शुल्क नलिग्न वीपी नेविसंघको आग्रह

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०८:४८

काठमाडौं । नेपाल विद्यार्थी संघ (वी पी) ले अहिले कोरोना महामारीको कारण विश्व प्रभावित भएको र त्यसबाट नेपाल पनि प्रभाव रहेको हुदा लकडाउन अवस्थामा सबै क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि बन्द रहेको भन्दै संघले लकडाउन अवधिको शुल्क नलिग्न निजि विद्यालयहरुलाई आग्रह गरेको छ ।

National Life

कोरोनाले विश्व आक्रान्त भएको र त्यसबाट नेपाल पनि प्रभावमा रहि लकडाउन भएको अवस्थामा निजि विद्यालय सन्चालकहरुले निन्तान्त व्यापारीक हिसाबले अभिभावकहरुलाई अनावश्यक तनाब दिई शुल्क बुझाउन पटकपटक ताकेता गरेको भन्दै अभिभावकहरु आफ्नो कार्यलयमा आउने गरेकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । निजि विद्यालयहरुलाई लकडाउन अवधिको शुल्क नलिग्न आग्रह गर्दछौ । एक तर्फी रूपमा अभिभावकलाई दबाब दिई शुल्क बुझाउन दबाब दिएमा स्कुल प्रशासन विरुद्ध कडा कदम चालन वाध्य हुनेर त्यसको जिम्मेवार स्वयम् स्कुल प्रशासन हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तिमा स्कुल सन्चालकलाई पर्न गएको अप्ठ्यारो स्थितिको सामाधान गर्ने जिम्मा सरकारको भएकोले त्यस अवस्थाको समस्या सामाधान गरिदिन सरकारलाई पनि आग्रह गर्दछौ, भनि उल्लेख गरिएको छ ।

Classic Tech Desktop

स्वास्थ शिक्षा जस्ता अतिआवश्य सेवा माफियालाई दिएको भन्दै सरकारी करण गर्न पनि माग गरेको छ । आफ्नो मागको वेवास्ता गरेका स्कुल प्रशासन र सरकार विरुद्ध जस्तोसुकै कदम चालन बाध्य हुनेर त्यसको जिम्मेवार स्कुल प्रशासन र सरकार हुने समेत संघले विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया