• २१ भदौ २०८३, आइतबार
  • ४ः३८ बेलुका

‘सांसद’ पदबाट सरिता गिरीलाई औपचारिक रूपमा हट्यो (पत्रसहित)

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०६:२९

काठमाडौं, औपचारिक रूपमा सरिता गिरीको सांसद पद खारेज भएको छ । संसद् सचिवालयले बिहीबार एक सूचना जारी गर्दै गिरीको सांसद पद उनकै पार्टीको सिफारिसमा औपचारिक रूपमा खारेज भएको जानकारी दिएको हो ।

National Life

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ बनेको नेपालको नक्सा संसदबाट पारित गर्ने क्रममा आफ्नै पार्टीले जारी गरेको ह्विप गिरीले उल्लंघन गरेकी थिइन् । त्यस घटनापछि उनको पार्टी समाजवादी पार्टी नेपालले उनलाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो ।

संसद् सचिवालयले गिरीलाई उनको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको र प्रमुख सचेतकमार्फत पत्र प्राप्त भएको आधारमा उनको पद खारेज गरेको जनाएको छ । संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधानबमोजिम यो निर्णय लिएको जनाएको छ ।

Classic Tech Desktop

सभामुखले स्वीकृति गरेसँगै अब सरिता गिरीको सांसद पद खारेजी भएको छ ।

प्रतिकृया