• २० भदौ २०८३, शनिबार
  • १ः३७ दिउँसो

छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडादरमा ५० प्रतिशत वृद्धि

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०५:५१

काठमाडौं, सरकारले सार्वजनिक सवारी सधानमा ५० प्रतिशत भाडा दार बढाइ र सुरक्षाका मापदण्ड पूरा गरेर छोटो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले ५० प्रतिशत बढी भाडा लिन पाउने र सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताउनुभयो ।

National Life

आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिएपछि अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैनन् ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताउनुभयो ।

Classic Tech Desktop

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

प्रतिकृया