• २४ भदौ २०८३, बुधबार
  • ९ः१५ राती

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०२:३३

मोरङ, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–७ दहीखोलामा बिहीबार राति भएको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । मानसिक सन्तुलन गुमाएकी महिलालाई बचाउन खोज्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

National Life

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्करपियोले सोही दिशा तर्फ पैदल जाँदै गरेकी महिलालाई ठक्कर दिँदा महिलाको घटनास्थल मै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दीलिपकुमार गिरीका अनुसार स्करपियोले महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भई पुनः अर्को दुर्घटना गराएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अनियन्त्रित बनेको स्कारपियोले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र मोटरसाइलको पछाडि सवार ३५ वर्षीय पहिचान नखुलेका अर्का एक पुरुषको मृत्यु भएको छ । पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो ।

सडक किनारमा सधैं जसो हिडिरहने मानसिक सन्तुलन ठीक नभएकी महिलालाई बचाउने क्रममा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनु भयो ।

प्रहरीले स्करपियो धनी समेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ । मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन् ।

प्रतिकृया