• २ असोज २०८३, शुक्रबार
  • ४ः१९ बेलुका

कोरियाबाट २ सय २८ नेपाली स्वदेश फर्किए

प्रकाशित मिति

२०७७ असार ६ गते, शनिबार ०४:०२

काठमाडौं, कोरियाबाट २ सय २८ नेपाली स्वदेश फर्केका छन् । कोरोना महामारीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत आज स्वदेश फर्किएका हुन् । कोरियन एअरको चार्टर्ड उडानमार्फत नेपालीहरु कोरियाबाट आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् ।

National Life

प्रवेशाज्ञा अवधि सकिएका र नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर अति जरुरी हुनेहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काइएको हो ।

तीमध्ये अवैधानिक बसोबास गरेका तथा विभिन्न अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्ये १५ र बिरामी तथा गर्भवती ३६ जनासहित रोजगारी र अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया