• ७ असोज २०८३, बुधबार
  • ६ः०३ बेलुका

भक्तपुरमा हेक्काको अध्यक्षतामा एन्फाको नयाँ समिति गठन

प्रकाशित मिति

२०७७ असार ४ गते, बिहीबार ०५:३०

 

National Life

भक्तपुर । भक्तपुरको अखिल नेपाल फुटवल संघमा विगतको लामो समयसम्म नेतृत्व लिएता पनि कुनै ठोस योजना ल्याउनुका साथै एन्फाको विधान तथा नियम अनुसार दर्ता समेत गर्न नसकेकाले एन्फाले उक्त जिल्ला संघलाई खारेज गर्दै नयाँ १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुरमा नयाँ तदर्थ समिति गठन गरिएको छ । भक्तपुरमा कायम रहेको निवर्तमान समितिले एन्फाको नियमअनुसार काम गर्न नसकेको र समिति समेत दर्ता गर्न नसकेको कारण एन्फाको बैठकले किशोर हेक्काको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

एन्फाको मंगलबार बसेको कार्य समितिको बैठकबाट विगतको नेतृत्वले एन्फाको नियम १६ को शारासंमा सहिछाप बन्द गरी कागजको तलपट्टीको भागमा सच्याई आफु अनुकुलको रकम उल्लेख गरेको, लिग सञ्चालन गर्दा त्रुटी गरेकोलगायतका गलत कार्य तथा संघको निर्देशन तथा नियम विपरित रकम उठाई लिग समेत सञ्चालन गरेको पाइएकाले कारवाही गरेको समेत संघका अध्यक्ष कर्मा छिरिङ तथा महासचिव इन्द्रमान तुलाधरद्वारा संयुक्त रुपमा निकालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

किशोर हेक्काको नेतृत्वमा १३ सदस्यीय नवगठित तदर्थ कमिटीको उपाध्यक्षमा अनिल हेक्का र विकास थापा रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रविण लाखेमरू, राजेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरिकृष्ण सहकल, रामकुमार लोहला, रूपेश धौवन्जार, सुरेन्द्र भाषिमा, सुरेन्द्र प्रजापति, कृष्णचन्द्र चक्रधर र सुमन थापा रहेका छन् ।

नयाँ गठित तदर्थ कार्य समितीले एन्फाको नीति नियममा रही विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्णरुपमा हटेको ६ महिना भित्रको कार्यदेश रहने गरी १३ जनाको तदर्थ कार्य समिती तोकेको छ ।

प्रतिकृया