• १ असोज २०८३, बिहीबार
  • १२ः०९ दिउँसो

बन्दाबन्दीको प्रभावः रोपाइँ सुरु, रासायनिक मल आपूर्तिमा समस्या

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार १२:३२

काठमाडौँ, धान रोपाइँ सुरु भएसँगै रासायनिक मलको माग अत्यधिक बढेको छ तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस( का कारण रासायनिक मल आपूर्तिमा समस्या भइरहेको जनाएको छ ।

National Life

चालू आर्थिक वर्षमा कृषि मन्त्रालयबाट चार लाख ५० हजार मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गरी किसानलाई वितरण गर्ने तयारी गरेको भए पनि कोरोना भाइरसको रोकथामका लागि सुरु गरिएको बन्दाबन्दीका कारण प्रभावित हुने देखिएको मन्त्रालयले जनाएको छ ।

यसपटक मन्त्रालयले गत आर्थिक वर्षको भन्दा एक लाख मेट्रिक टन बढी रासायनिक मल किसानलाई वितरण गर्ने तयारी गरेको छ । असार दोस्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजनाअनुसार सम्पूर्ण काम समयमै पूरा गरिसकेको भए तापनि एक लाख मेट्रिक टन मल कोरोना महामारीका कारणले हालसम्म बाटोमा नै रोकिएकोे मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ र भारतको कलकत्ता बन्दरगाह प्रयोग गरी नेपाल ल्याउने गरिन्छ । नेपाललगायत रासायनिक मल आयात गर्ने सबै देश कोरोनाबाट नराम्ररी प्रभावित भएका छन् ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भारतमा लकडाउन भएपछि कलकत्ता बन्दरगाहमा नेपालको मल ब्यागिङ र लोड÷अनलोड गर्ने कार्य पूर्णतः बन्द भएको जनाउनुभयो । उहाँका अनुसार बन्दरगाह बन्द र मजदुर अभावका कारण तेस्रो मुलुकबाट कलकत्तामा आइसकेको ५० हजार मेट्रिक टन मल एक महिना १५ दिनसम्म ब्यागिङ र लोड÷अनलोड हुन सकेको छैन ।

गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार पाँच सय मेट्रिक टन युरिया मल एक महिना १५ दिनदेखि रोकिएको उहाँले जानकारी दिनुभयो । कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासको निरन्तर कूटनीतिक प्रयास गर्दा पनि हालसम्म सो मल नेपाल भित्र्याउन नसकिएको उहाँले बताउनुभयो ।

प्रतिकृया