• १ असोज २०८३, बिहीबार
  • ११ः३९ बिहान

दैलेखमा २१ जना कोरोनामुक्त भएर घर फर्किए

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०१:१७

दैलेख, दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका डाक्टर जगत थापाले बताउनुभयो ।

National Life

कोरोना जितेर घर फर्कनेमा नारायण नगरपालिका वडा नः ३ का ३०, ३०, ३०, १९ वर्षीय पुरुष वडा नं. ४ का २५, २५, ४० वर्षका पुरुष र २० महिनाको बालक वडा नं. २ बाट २१, ४३वर्षीय पुरुष वडा नं। ६ का २७ वर्षीय पुरुष, वडा नंं ८ का २०, २०, २८ वर्षीय पुरुष, वडा नं। ९ का २२, ५० वर्षीय पुरुष, वडा नं। १० का २०, २३, १७, १७ वर्षीय पुरुष, वडा नं। ११ का २६ वर्षीय पुरुष कोरोना जितेर घर फर्किएका छन् । कोरोना जितेर घर फर्केका व्यक्तिहरूलाइ नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्षले दोसल्ला ओढाएर घर पठाउनुभएको छ ।

नारायण नगरपालिका वडा नं. ४ का २० महिने बालक आमा सङ्क्रमित भएका कारण आमासँगै रहेको डाक्टर जगत थापाले बताउनुभयो । उनीहरू सबै भारतका विभिन्न सहरबाट आएका थिए । कोरोना जितेर घर फर्कन लागेका उनीहरूले कोरोना भाइरस सहजै जित्न सकिने प्रतिक्रिया दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया