• २४ भदौ २०८३, बुधबार
  • १ः४६ दिउँसो

भन्सार बिभागले निकाल्यो बिद्युतीय गाडी आयातको बेलीबिस्तार

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०८:३५

 

National Life

काठमाडौं । भन्सार विभागले जेठ १ देखि १४ गतेसम्म ९३ वटा विद्युतिय सवारी साधनहरु जाँचपास भएको बताएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले विद्युतिय गाडी आयातमा ८० प्रतिशतले भन्सार दर बढाएको थियो।

बजेटमा भन्सार बढ्ने सूचना अगाडि नै अर्थ मन्त्रालयले चुहाएको आरोप लागेपछि भन्सार विभागले उक्त विवरण सार्वजानिक गरेको हो। विभागले सार्वजानिक गरेको विवरण अनुसार जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र विद्युतीय सवारी जाँचपास भएको छ। गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए। गत वर्ष भन्दा यस वर्ष आयात दोब्बरको नजिक पुगेकाले जेठमा ९३ वटा गाडी आयात हुनु सामान्य रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चालु आर्थिक वर्षको साउनमा ९१ वटा, भदौमा ४० वटा, असोजमा ४६ वटा, कार्तिकमा २६ वटा, मंसिरमा ११२ वटा, पुषमा ९५ वटा, माघमा १२ वटा, फागुनमा ६ वटा, चैतमा ८ वटा, बैशाखमा ४५ वटा र जेठमा ९३ वटा गरी कुल ५७४ वटा विद्युतिय सवारी साधन आयात भएको छ।

त्यसैगरी यस अवधिमा ९ हजार ७७५ वटा विद्युतिय बाहेकका सवारी साधनहरु आयात भएका छन्। गत वर्षको असार मसान्तसम्ममा ३६१ वटा विद्युतीय गाडी आयात भएका थिए भने १६ हजार ५१३ वटा विद्युतिय बाहेकका सवारी साधनहरु भित्रिएको विभागको तथ्याँकले देखाउछ।

सुख्खा बन्दरगाहा भन्सार कार्यलयबाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सार आइपुगेका थिए। जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारीसाधन बैशाख ११ गते भन्सारमा आइपुगेका थिए। बजेटको हप्ता दिन अगाडि १८ वटा मात्र विद्युतीय गाडि जाँचपास भएकोमा ३४३ वटा पेट्रोलियम गाडी जाँचपास भएको विभागले जनाएको छ।

भन्सार दररेट जेठ १४ गते राति मात्र यकिन हुने भएकाले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना नरहने विभागले बताएको छ। चालु आर्थिक वर्षमा साउनमा ९१ वटा, मंसिरमा ११२ वटा, पौषमा ९५ वटा गाडीहरु जाँचपास भएकोमा जेठमा ९१ वटा पास हुन सामान्य रहेको विभागको भनाइ छ।

बजेट प्रस्तुतिको अघिल्लो दिन प्रत्यक वर्ष सामान्यतया धेरै राजस्व संकलन हुने गरेको विभागले जनाएको छ। यस वर्ष पनि उक्त दिन १ अर्ब ७२ करोड रुपैयाँको राजस्व उठेको थियो। २०७७ जेठ १४ गते २ अर्ब १५ करोड, २०७५ जेठ १४ गते २ अर्ब १९ करोड राजस्व संकलन भएको भन्सार विभागको तथ्याँकले देखाउछ। यो समाचार मेरो लगानीबाट लिइएको हो

प्रतिकृया