• २९ भदौ २०८३, सोमबार
  • ७ः०० बिहान

असार १ गतेदेखि विद्यार्थी भर्ना सुरु गर्छौंः निजी विद्यालय सञ्‍चालक

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०७:४४

 

National Life

काठमाडौं । प्याब्सन, एन प्याब्सन, हिसान लगायत निजी शिक्षण संस्थाको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना गर्ने तयारी थालेका छन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

“कोरोनाको प्रकोप न्यून नभएसम्म र सरकारले पठनपाठन सुरु गर्न निर्देशन नदिँदासम्म विद्यार्थी बोलाउन सक्ने अवस्था छैन,” छलफलमा सहभागी प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले भने, “असार १ बाट विद्यार्थी भर्नाका विषयमा सहजीकरण गर्नुपर्ने माग राखेका छौं ।”

उच्चस्तरीय समन्वय समितिले लकडाउनका मोडालिटी परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई पनि खुकुलो तुल्याउन के विकल्प हुन सक्छ भनेर शिक्षा क्षेत्रका सरोकारवालासँग राय–सुझाव मागेको ढुङ्गानाले बताए ।

समितिले लिखितै सुझाव मागेकाले आज प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्ने जानकारी दिएका छन् । ढुङ्गानाले सरकारले तत्कालै अनलाइन कक्षा सुरु गर्न ताकेता गरेको बताउँदै त्यसको कार्यविधि पनि स्पष्ट पार्न आग्रह गरेको छन् ।

प्रतिकृया