• ७ असोज २०८३, बुधबार
  • ४ः१२ बेलुका

भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०९:१२

 

National Life

डोल्पा । मंगलबार (आज) दिउँसो डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।

ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतको भेरी नदीले बगाउँदा मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गाईबस्तु चराउन गएका बालिकाहरु नदी पारी गाईबस्तु गएपछि फर्काउन गएका थिए। सोही क्रममा उनीहरुलाई नदीले बगाएको डोल्पाका डिएसपी नारायण रञ्जितकारले बताए।

यशोधा भण्डारी र बिजय कठायतलाई बगेको स्थानदेखि दुई किलोमिटर तलबाट प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि जिल्ला अस्पताल पुर्याएपनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको डिएसपी रञ्जितकारले बताए। गंगा कठायतको भने ५ किलोमिटर तल शव फेला पारेको थियो।

प्रतिकृया