• ७ असोज २०८३, बुधबार
  • ३ः३५ दिउँसो

रुकुमको घटना निश्पक्ष र कुनै पनि प्रभाव र दबाबबाट मुक्त भइ छानविन गरोस्ः झलनाथ खनाल

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०९:२७

 

National Life

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गर्न माग गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् । उनले घटनाबाट आफू स्तब्ध भएको समेत जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले जारी गरेको विज्ञप्तिमा, ‘गृह मन्त्रालयले गठन गरेको छानबिन टोली र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले न्यायिक, निश्पक्ष र कुनै पनि प्रभाव र दबाबबाट मुक्त भइ छानविन गरोस्, पीडितले उचित न्याय पाउनुपर्छ ’ भनिएको छ ।

उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति भर्त्सना गरेका छन् ।

प्रतिकृया