• २६ भदौ २०८३, शुक्रबार
  • १ः५८ राती

कैलालीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०४:२८

कैलाली, कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

National Life

घर पोत्न माटो खन्ने क्रममा पुरिएर शनिबार बिहान उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।
ढिस्कोले पुरिएर अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया