• २४ भदौ २०८३, बुधबार
  • १०ः४७ राती

भक्तपुरकी नयाँ संक्रमित वडा सदस्य

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०२:४०

भक्तपुर, शुक्रबार कोरोना संक्रमण पुष्टि भएकी ४२ वर्षीया महिला भक्तपुर नगरपालिकाकी वडा सदस्य भएको खुलेको छ । तुमुचो दुगरेनिवासी उनी राहत वितरणलगायत काममा सक्रिय थिइन् ।

National Life

नगरपालिकाले गरेको आरडीटीमा उनको रिपोर्ट पोजिटिभ आएपछि स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

संक्रमित महिलालाई शुक्रबार राति नै पाटन अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले बताए । प्रहरीले ती महिला बस्दै आएको क्षेत्र सिल गरिएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यससँगै जिल्लामा संक्रमितको संख्या ४ पुगेको छ । तीमध्ये दुई जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिकृया