• २१ भदौ २०८३, आइतबार
  • १०ः३१ बिहान

लुडो खेल्दा जितेको भन्दै श्रीमानले श्रीमतीको हड्डी भाँचेपछि…

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार १२:००

एजेन्सी, महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९) बाट बच्न संसारका धैरे राष्ट्रहरु लकडाउन अवस्थामा छन् । जसले गर्दा दैनिकी नै उथलपुथल भएको छ । दिनचर्य विताउन विभिन्न उपाय अपाउने गरिएको छ । लुडो पनि एक हो । भारतमा समय बिताउनको लागि एक विवाहित जोडीले लुडो खेल्ने फैसला गरे । भारतको गुजरातमा एक जोडी लकडाउनमा समय बिताउन भनेर लुडो खेल्न थाले ।

National Life

खेल्दै जाँदा जब श्रीमतीले खेलमा जित्न लागिन् तब उनले श्रीमतीलाई रामधुलाई हुने तरिकाले पिटेका छन् । महिलाको श्रीमानले पिटेका कारण हड्डी भाँचिएको छ र उनलाई अहिले अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

१८१ अभयम हेल्पलाइनमा उक्त केसको बारेमा जानकारी पाइएपछि घटना सार्वजनिक भएको थियो । २४ वर्षीया वेमालीमा बस्दै आएकी ति महिला ट्युशन पढाउने काम गर्थिन् ।

Classic Tech Desktop

उनका श्रीमान भने एक इलेक्ट्रिोनिक कम्पनीमा काम गर्दछन् । तीन राउण्ड श्रीमतीले लगातार जितेपछि श्रीमानलाई रिस उठ्दै गएको र उनले हड्डी भाँचिने गरेर पिटेको श्रीमतीले बताएकी छन् । गल्ती भएको भन्दै पछि श्रीमतीलाई बोकेर उनी अस्पताल पुगेका थिए । अस्पतालमा आफूले गल्ती गरेको भन्दै माफी पनि मागेका छन् ।

प्रतिकृया