• १९ भदौ २०८३, शुक्रबार
  • ११ः०३ राती

महाकालीमा पौडेर अझै नेपाल भित्रिँदै

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०७:५६

काठमाडौं। नेपाल र भारतका विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमवासी विभिन्न तरिकाले घर फर्किन थालेका छन् । भारतबाट आउनेहरू महाकाली नदीमा जोखिम मालेर पौडी खेलेर आइरहेका छन् ।

कञ्चनपुर, बैतडी र दार्चुलासँग जोडिएका भारतीय सीमामा झण्डै दुई हजार नेपाली रहेको बताइन्छ भने काठमाडौँ लगायतका सहरबाट आउनेक्रम पनि तीव्र रहेको छ । बैतडी समाचारदाताका अनुसार १६ जना नेपाली महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका छन् ।
बुधबार बिहान ९ः३० बजे महाकाली तरेर दार्चुला जिल्ला भएर नेपाल प्रवेश गर्ने १६ जनामध्ये बैतडीको डिलासैनी गाउँपालिका १४ जना, पुरचौडी नगरपालिकाका एक र अर्का एक जना दार्चुलाका रहेका छन् । एक महिनादेखि सीमानाका भारतीय क्वारेन्टाइनमा रहेमध्येका १६ जना महाकाली नदीमा पौडी खेलेर तथा केही ट्युबबाट तरेर आएको बताइएको छ ।

Kamana Sewa

काठमाडौँ सहितका सहरबाट आठ हजार आए
लम्की समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला घर भएर कामका सिलसिलामा काठमाडौँ सहितका सहरमा गएका आठ हजार दुई सय जना घर फर्किएका छन् ।

Classic Tech Desktop

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटीले काम तथा अध्ययनका लागि अन्यत्र गएकाहरू धमाधम फर्किएका हुन् । यसैबीच कैलालीका विभिन्न स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन खाली हुन थालेका छन् । भारत लगायत नेपालका विभिन्न ठाउँमा काम गर्न गएकालाई फर्किआउँदा क्वारेन्टाइनमा राखिने गरिएकोमा जोखिम नभएका ठाउँबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नपर्ने भएपछि क्वारेन्टाइन खाली हुनथालेका हुन् ।

जोशीपुर, जानकी गाउँपालिका, घोडाघोडी नगरपालिकाका क्वारेन्टाइन खाली भएका छन् । लम्कीचुहा, भजनी, गौरीगङ्गा, बर्दगोरिया, मोहन्याल लगायतका नगरपालिका र गाउँपालिकामा समेत नयाँ आउनेलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको छ । गोरखापत्रबाट साहाभार

प्रतिकृया