• २१ भदौ २०८३, आइतबार
  • ४ः१४ बेलुका

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख ५ गते, शुक्रबार ०६:२३

एजेन्सी, कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो ।

National Life

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ । अमेरिकामा चार साताको अवधिमा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो ।

अमेरिकी श्रम विभागका अनुसार देशभर ११ अप्रिलसम्म ५२ लाख जना बेरोजगार भएका भएका थिए । त्यसयता ६६ लाख जनाको जागिर गुम्यो ।

Classic Tech Desktop

प्रतिकृया