• २१ भदौ २०८३, आइतबार
  • ४ः४३ बेलुका

कोभिड–१९ः संक्रमित २२ लाख र मृतक डेढ लाख नजिक

प्रकाशित मिति

२०७७ बैशाख ५ गते, शुक्रबार ०८:२०

एजेन्सी, विश्वभर कोरोना भाइरसबाट संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ भने यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ। वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लख ८० हजार ३ पुगेको हो। यस्तै यसबाट मृत्यु भएाकको संख्या १ लाख ४५ हजार ४१७ पुगेको छ।

National Life

विश्वमा कोरोना कारण सबैभन्दा बढी अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या ६ लाख ७७ हजार ५६ पुगेको वल्र्डओमिटरको तथ्यांकले देखाएको छ।

यसपछि कोरोनाबाट सबैभन्दा बढी पीडित इटली र स्पेन हुन्। इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० पुगेको छ भने १ लाख ६८ हजार ९४१ जना कोरोनाबाट संक्रमित भएका छन्। यस्तै कोरोनाका कारण स्पेनमा अहिलेसम्म १९ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ पुगेको छ।

Classic Tech Desktop

प्रतिकृया