• १९ भदौ २०८३, शुक्रबार
  • ११ः२० बिहान

लकडाउनका बेलमा उपयोगी यी घरेलु ओखती

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार १२:३८

एजेन्सी,  अपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने ? यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । अहिले अस्पताल धाउने अनुकुलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हो । त्यसो त हाम्रो भान्सामा उपलब्ध बेसारदेखि ज्वानोसम्मले औषधिको काम गर्छ ।

एसिडिटी
– एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ ।

Kamana Sewa

– केहि तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने ।

Classic Tech Desktop

– एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउनुपर्छ ।

वान्ता

– ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार–पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।

– १–१ चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने ।

– १ चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने ।

कब्जियत

– हरेक दिन आधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।

– दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्नाले कब्जियतमा आरम मिल्छ ।

– आधा ग्लास पालुङ्गोको जुसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउनुपर्छ ।

अपच

– १ गिलास तातो पानीमा चुट्कीभर हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउनुपर्छ ।

– १ गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र चुट्कीभर नुन मिसाएर पिउने आरम मिल्छ ।

– १ कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने । त्यसपछि छानेर उक्त रसमा मह मिसाएर पिउनुपर्छ ।

झाडापखला

– अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्ने ।

– पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्नाले पनि झाडापखला ठीक हुन्छ ।

– दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीदाना र जिरा मिसाएर सेवन गर्ने ।

प्रतिकृया