• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१३ दिउँसो

लकडाउन उल्लंघन गरे ६ महिना जेल

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार १२:०५

काठमाडौं, सरकारले लकडानलाई थप कडाइ गर्दै उल्लंघन गर्नेलाई बिहीबारदेखि थुनामा राखेर कारबाही गर्ने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा लकडाउनको व्यापक उल्लंघन हुन थापेपछि सरकारले लकडाउनलाई थप कडा पारेको हो ।

बुधबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

Kamana Sewa

अनावश्यक अवागमन गर्ने व्यक्तिहरुलाई कडा निगरानि गर्ने र लकडाउन कार्यान्वयनमा अवरोधलाई थुनामा सम्म राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए ।

Classic Tech Desktop

संक्रमण रोक ऐन २०२० अनुसार लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई न्यूनतम एक महिनसम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने छ भने ऐन उल्लंघन गर्नेलाई अधिक्तम छ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

कसुरमा कारबाही वा किनारा लगाउने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई रहेको छ । यसअघि उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिइने गरिरेको थियो ।

सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनको अवधि आगामी वैशाख १५ गतेसम्म लम्ब्याएको छ ।

प्रतिकृया