• २० भदौ २०८३, शनिबार
  • ९ः२० बिहान

कैलालीमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार

प्रकाशित मिति

२०७७ बैशाख ३ गते, बुधबार ०७:२४

कैलाली, भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका कैलालीका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुमाथि बलात्कारको आरोपमा मुद्दामा चलाइने जनाएको छ । यस सम्बन्धि थप अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको प्रहरीले जानकारी दिएका छन् । यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया