• २० भदौ २०८३, शनिबार
  • १०ः१२ बिहान

महालक्ष्मीद्वारा राहत वितरणका लागि वडाहरुबाट लगत संकलन

प्रकाशित मिति

२०७७ बैशाख ३ गते, बुधबार ०६:४९

ललितपुर, महालक्ष्मी नगरपालिकाद्वारा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, अति विपन्न आम्दानीको कुनै पनि स्थायी स्रोत नभएका, दैनिक गुजारा चलाउन धाउधाउ भएका व्यक्ति परिवार तथा असायहरुलाई राहत वितरणका लागि सबै वडाहरुबाट लगत संकलन सम्पन्न भएको छ । जस अनुसार, १०,२०० परिवारलाई राहत प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

National Life

सोहि अभिलेखका आधारमा सम्बन्धित वडाबाट राहतसामाग्री वितरण गरिने व्यवस्था मिलाइएको नगर प्रमुख रामेश्वर श्रेष्ठ जानकरी दिनुभएको छ । सबै वडाहरुबाट राहत वितरण कार्य सुरु गरिएको छ। जसमा राहत प्राप्त गर्ने व्यक्तिको परिवार संख्या अनुसार दुई प्याकेज गरि राहत वितरण गरिने नगर प्रमुखले श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार राहत वितरणको प्याकेजमा खाद्यान्न सामाग्रीहरुः चामल, दाल, नुन, खाने तेल हुनेछ र सोही प्याकेजमा सावुन पनि समावेश गरिएको छ।  कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्ने अभिप्रायले विभिन्न व्यक्ति तथा संघ–संस्थाले सहयोग गरेका नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Classic Tech Desktop

प्राप्त सहयोगका लागि नगर प्रमुख श्रेष्ठले सहयोग गर्ने व्यक्ति तथा संघ–संस्थालाई हार्दिक धन्यवाद दिँदै धन्यवाद ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो । राहत वितरण गर्नका लागि राहत सामाग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थालाई यस नगरपालिका मार्फत उपलब्ध गराउनका लागी उहाँले अनुरोध गर्नु भएको छ। यसरी प्राप्त हुने राहत सामाग्रीहरु एकद्वार प्रणाली मार्फत नगरका सबै वडाहरुमा राहत प्राप्त गर्ने परिवार संख्याका आधारमा वितरण गरिने व्यवस्था मिलाईएको जानकारी पनि उहाँले दिनुभयो।

प्रतिकृया