• २१ भदौ २०८३, आइतबार
  • १२ः५७ दिउँसो

कोरोना भाइरसका कारण अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार १०:२१

काठमाडौं । कोरोना भाइरस महामारीका कारण उद्योग–व्यवसाय बन्द भएपछि अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ ।

National Life

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअघि नै एक करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । जसमा प्रत्येक १० जना अमेरिकी कामदारमध्ये एकजनाले रोजगारी गुमाएका छन् ।

विश्लेषकहरूका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा रहेको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्ने बताइएको छ।

Classic Tech Desktop

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि अर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर विश्लेषण गर्नेहरूप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था छिटै तङ्ग्रिने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले विमानसेवालाई कसरी सहयोग गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायातमन्त्रीसँग छलफल गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन विभिन्न प्रस्ताव अघि बढाउन लागेको जनाएका छन् ।

अमेरिकी केन्द्रीय बैंकले पनि विभिन्न व्यवसायलाई लक्षित गरी २३ खर्ब डलरबराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

प्रतिकृया