• २० भदौ २०८३, शनिबार
  • २ः१४ राती

वाग्मती गाउँपालिकाद्वारा कोरोना भाइरसको सङ्क्रमण विरूद्धको अभियाना आर्थिक हयोग गर्न आग्रह

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार ०३:३३

लितपुर, वाग्मती गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को विरूद्धको अभियानमा आर्थिक सहयोग गर्न चहाने व्यक्तिलाई आर्थिक सहयोग गर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन र सो भाइरसको रोकथामका लागि नियन्त्रण गर्न कोष खडा गरिएको गाउँपालिकाले आइतवार सूचना प्रकाशन गरी जनाएको छ ।

National Life

उक्त कोषबाट कोरोन भाइरसको सङ्क्रमण फैलन नदिनका लागि आवश्यक कार्य गर्ने र नेपाल सरकारले घोषणा गरेका लकडाउनबाट प्रभावित ज्याल मजदुरी गरी खाने व्यक्ति र विपन्न परिवारका लागि राहत सामाग्री उपलब्ध गराउन खर्च गरिनेछ ।

सो कार्यका लागि आर्थिक सहयोग गर्न चहाने इच्छुक व्यक्तिले वाग्मती गाउँपालिकाको बाग्मती शाखामा रहेको कुमारी बैंकको खाता नं.०७९००३४६९४२००००५ मा रकम जम्मा गरी सहयोग गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्वारा हस्ताक्षरित सूचनमा उल्लेख गरिएको छ । यसैबीच उक्त कोषमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले एक लाख एक हजार १०१ रूपियाँ र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले स्वच्छिकरूपमा एक महिनाको तलब र प्रदान गरी कोषको शुभारम्भ भइसकेको छ ।

Classic Tech Desktop

बैठकले लकडाउनबाट प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारका व्यक्तिका लागि नेपाल सरकारले जारी गरेको राहत मापदण्ड अनुसार राहत पाउने व्यक्तिको नामावली चैत २६ गतेभित्र गाउँपालिकामा पेश गर्न सबै वडाध्यक्षलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । अध्यक्ष लोप्चनले कोरोना भाइरसबाट बच्चनका लागि घरैमा बस्न र आआफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

प्रतिकृया