• १९ भदौ २०८३, शुक्रबार
  • ११ः५५ राती

नेपाल तरुण दलद्वारा रक्तदान कार्यक्रम, ३९ जनाले गरे रक्तदान

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार ०४:०६

भक्तपुर , बिश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले ‘लकडाउन’ लगाएको छ । सोहिक्रममा रगत अभाव हुन नदिनका लागि नेपाल तरुण दलले सुर्यविनायक नगरपालिका वडा ५ मा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाल तरुण दल भक्तपुर जिल्लाका अध्यक्ष राजु थापाको नेतृत्वमा आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत ३९ जनाले रक्तदान गरेका छन । रक्तदान गरेका व्यक्तिलाई प्रमाणपत्र समेत प्रदान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

Kamana Sewa

हालसम्म विश्वमा १२ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने ६४ हजार जना भन्दा बदीको भाइरसको संक्रमणले मृत्यु भएको छ । नेपालमा ९ जनामा संक्रमण देखिए पनि एक जनालाई संन्चो भइसकेको छ र ८ जना उपचाररत रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया