• २२ भदौ २०८३, सोमबार
  • १०ः३२ राती

मध्यपुर थिमिद्धारा तीन करोडको विपत कोष स्थापना, सबै वडामा पाँच लाखको विपद कोष

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार १२:२१

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाले तीन करोड रुपियाँ राखेर विपत कोष स्थापना गरेको छ । नगर प्रमुख मदन शुन्दर श्रेष्ठका अनुसार, नगर कार्यपालिकाको मंगलवार सम्पन्न आकस्मिक बैठकले ३ करोड रुपियाँको नगर बिपद कोष स्थापना गरेको हो ।

National Life

प्रमुख श्रेष्ठका अनुसार, सोहि कोष अन्तर्गत नगरका सबै नौ वटै वडामा ५ लाख रुपियाँ रासीको बिपद कोष निर्माण गरिने भएको छ । सम्बन्धित वडा अध्यक्षको सयोजकत्वमा रहने आपूर्ति, राहत ब्यबस्थापन तथा बितरण कमिटी गठन गरेर कोरना लगायतका बिपतबाट पिडितहरुलाई राहत बितरण गर्ने निर्णय भएको छ । त्यसैगरी वैठकले नगर क्षेत्रभित्र एकद्वार प्रणालीमार्फत राहतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकमा विपन्न परिवार, दैनिक ज्यालामज्दुरी गर्ने ४ जनाको एक परिवार मानेर १० किलोग्राम चामल, एक किलोग्राम दाल, १ प्याकेट नुन, आधालिटर तेल, एक किलोग्राम चिउरा र आधा किलोग्राम दालमोट खाद्यन्न वितारण गर्ने बताउनु भयो । त्यसैगरी क्वारेनटाइन व्यवस्था गरेको र एक जना शंकास्पद व्यक्तिलाई क्वारेनटाइनमा राखेको बताउनुभयो । ६ शय्यको आइसोलेसन तयार रहेको र ३५ पीपीसेट रहेको बताउनु भयो । बजार अनुगमनका क्रममा ग्यास स्टक गरेको र एउटै परिवारले लिने गरेको पाइएको र त्यसो नगर्न सार्वसधारणलाई आग्रह गर्नुभयो र ग्यासको अभाव भएकालाई आधा ग्यास भएको सिलिन्डर उपलब्ध गराउने पहाल गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

Classic Tech Desktop

वैठकले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण आफ्नो क्षेत्रमा समेत फैलन सन्ने आंकलन गर्दै यस क्षेत्रमा मनाइने सबै भन्दा ठुलो पर्व बिस्केट जात्रा, नयाँ वर्ष लगायतका जात्रापर्व पुजाआजामा मात्र सीमित गर्ने निर्णय गरेको छ । मध्यपुर थिमिले कोरोना संक्रमण फैलन नदिन सबै वडामा स्वास्थ्यकर्मी जनप्रतिनिधि सम्मेलिट टोली पठाएर विदेशबाट आएका र शंकास्पद रोगीको परिक्षण गरेको थियो ।

त्यसैगरी कोरोना संक्रमण न्युनिकरणकै लागि नगरपालिकाले अधिकाँश स्थानमा औषधी छर्कने काम समेत गरिसकेको छ । नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना संक्रमण रोगको उपचार गर्न सम्पूर्ण तयारी पुरा गरेको मध्यपुर थिमि नगरपालिकाले अस्पतालमा २४ सै घण्टा चिकित्सक, स्वास्थ्यकर्मी, उनीहरुका लागि आवश्यक सम्पूर्ण सामाग्री, अत्याधुनिक एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको नगर प्रमुख श्रेष्ठले बताउँनु भयो ।

प्रतिकृया