• २५ भदौ २०८३, बिहीबार
  • १२ः४९ राती

महालक्ष्मी नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरणको प्रक्रिया सुरु

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०७:२१

ललितपुर, महालक्ष्मीनगरपालिकाले विपन्न परिवारलाई राहतवितरणको प्रक्रिया सुरु गरेको छ । नगरपालिकाको ६८ औं बैठकले नगर भित्र स्थायी तथा अस्थायी बसोबास गर्ने नागरिकहरुका लागि मापदण्ड तयार गर्दै सम्बन्धित वडाहरुबाट तथ्याङ्क संकलन सुरु गरेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । अतिविपन्न, आम्दानीको कुनै स्रोत नभएका दैनिक ज्यालादारी गरी गुजारा चलाउनु पर्ने अवस्थाका व्यक्ति वा परिवारहरुलाई सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेकाहरुलाई राहत पाउने मापदण्ड भित्र पारिएको छ ।

National Life

यसैगरी सङ्गठित संस्थाहरुमा काम गर्ने बाहेक महालक्ष्मी नगरपालिका भित्र ज्याला मजदुरी गर्दै आएका अनौपचारिक क्षेत्रम ाकार्यरत ब्यक्ति र तिनका परिवारहरु तथा अभिभावकहरु नभएका, आफन्तहरु नभएका तथा अरुको सहयोग एवम् सहायतामा भर पर्नु पर्ने अवस्थाक ाअसहाय, अपाङ्ग अनाथ ब्यक्तिहरुलाई पनि मापदण्डमा पारिएको छ ।

बैठकले त्यसबाहेक नेपाल सरकारले तोकेको राहत वितरणको मापदण्ड भित्र पर्ने वर्गका व्यक्ति र परिवारहरु समेतको विवरण सङ्कलन गरी सम्बन्धित वडा बाटै राहत वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीचनगर कार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथामकालागिप्रत्येक वडालाई १ लाख ३५ हजार रुपैयाँविनियोजन गरेको प्रमुखश्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रत्येक वडाहरुमा औषधि छर्कनेदेखि जनचेतनामुलककामहरु गर्दै आएको छ ।

नगरपालिकाले विदेशबाटआएकाहरुको लगत संकलन गरेको पनिनगर प्रमुखश्रेष्ठले जानकारी दिनुभयो । विदेशबाट फर्केकाहरुहरुको निरन्तर स्वास्थ्यजाँचगरिएको र सेल्फक्वारेन्टाइनमा बस्न अपिलगरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले किरानापसल र डिपार्टमेन्ट स्टोरमाइनामेलले चिनो लगाएर एक–एक मिटरको फरकमाग्राहकलाई लाइनमा राख्नपनिनिर्देशनदिएको छ । साथै, अनिवार्यरुपमाग्राहक र आफूले स्यानिटाइजर प्रयोग गर्न पनिअपिल गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधि छने कार्यलाई निरन्तरतादिएको छ । नगरपालिकाले किस्ट हस्पिटलसँगको सहकार्यमा ६० आइसोलेसन बेड र २० वटा आईसीयुको व्यवस्था गरेको प्रमुखश्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया