कर तिर्ने म्याद पर सारियो
प्रकाशित मिति
२०७६ चैत्र १७ गते, सोमबार ०६:३८
काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो । लकडाउनको समय सरे संगै कार तिर्ने म्यादनि सारीएको हो ।
मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा दोस्रो चौमासिक विवरण र त्यस बमोजिमको कर दाखिला गर्नुपर्ने कर आगामी साल बैशाख २५ गतेसम्मको लागि थप गरेको हो ।
आय कर अन्तर्गत् फागुनको मासिक तथा माघ र फागुनको द्वेमासिक विवरण अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण एवं विवरण बमोजिम कर बुझाउने म्याद बैशाख २५ सम्म दिइएको छ ।
यसैगरी, चैत मसान्तसम्म बुझाउनुपर्ने दोस्रो चौमासिक आय करको विवरण तथा त्यस बमोजिम गर्नुपर्ने कर दाखिलाको म्याद पनि बैशाख २५ सम्म पुर्याइएको हो।





प्रतिकृया