• २४ भदौ २०८३, बुधबार
  • ३ः४२ राती

चीनबाट ल्याएको सामान सातै प्रदेशमा पुर्‍याइँदै

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०६:१८

 

National Life

काठमाडौं । चीनबाट सरकारले किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्ट विमानबाट काठमाडौं ल्याइएको थियो ।

पीपीए र किटलगायतका सामग्री आइसकेपछि अब सरकारले सोमबारदेखि देशभरका तोकिएका अस्पतालबाट बढीभन्दा बढी आशंकित व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण गर्ने निर्णय गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चिकित्सकहरुको व्यक्तिगत सुरक्षा उपकरण पीपीएसहितका टेस्ट किटहरु आइसकेकाले अब तीब्र रफ्तारमा संक्रमण परीक्षण हुने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए छन् ।

चिनियाँ निजी कम्पनी र दूतावासमार्फत अनुदानमा आएका सामान समेत सातै प्रदेशमा वितरण गरिने ढकालले बताए । ती सबै सामान र उपकरण संक्रमण परीक्षणका लागि महत्वपसर्ण छ ।

यस्ता छन् चिनबाट ल्याएका सामानहरु
नेपाल सरकारले चीनबाट किनेर ल्याएका अत्यावश्यक सामाग्रीमध्ये प्रोटेक्टिभ गगल्स ५ हजार थान छन् । त्यस्तै कोभिड १९ कै लागि निर्मित र्‍यापिड डायग्नोस्टिक किट ७५ हजार थान ल्याएको छ।

मन्त्रालयका अनुसार पाँचवटा पोर्टेबेल पीसीआर मेसिन ल्याइएको छ भने त्यसका लागि आवश्यक किट २० हजार थान आइपुगेका छन् । यो बाहेक सर्जिकल मास्क, पञ्जा, क्लोरिन, थर्मल गन पीआईआर लगायतका सामान रहेका छन् ।

चीनका विभिन्न व्यापारिक कम्पनी र सिचुवान प्रदेशबााट अनुदानमा ल्याइएका एन ९५ मास्क, पीपीई लगायतका आवश्यक मेडिकल सामग्रीहरु सोमबारबाटै तोकिएका अस्पतालहरुमा पुर्‍याइँदैछ ।

हिजो ल्याएको सामग्री तत्काल धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्नका लागि पर्याप्त रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

सरकारले काठमाडौं बाहिर पनि कोभिड १९ संक्रमणको जाँच गर्न सोमबारबाटै ल्याबहरु स्थापना गर्दैछ । त्यसका लागि पनि आवश्यक सामाग्रीहरु आइसकेकाले अब सरकारको ध्यान धेरैभन्दा धेरै मान्छेमा परीक्षण गरेर ढुक्क हुनेतर्फ केन्द्रित रहने मन्त्रालयका अधिकारीले बताएका छन् ।

काठमाडौं बाहेक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाटै कोभिड १९ संक्रमणको जाँच प्रयोगशाला शुरु भइसकेको छ । सोमबार विहान १० बजेभित्र सातै प्रदेशका सरकारलाई चीनबाट किनेर ल्याइएका उपकरण तथा अन्य सामाग्री हेलिकोप्टरबाट लगेर हस्तान्तरण गरिने मन्त्री ढकालले जानकारी दिए ।

प्रतिकृया