• २६ भदौ २०८३, शुक्रबार
  • २ः३१ राती

३ महिनाको बच्चा छाडेर न्युयोर्कको क्वीन्समा कोरोना बिरामीको उपचारमा तल्लिन नेपाली नर्स

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०१:५२

काठमाडौं । कोरोना लागेका बिरामीका उपचारको लागि आफ्नो ३ महिनाको बच्चा घरमै छाडेर न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा नेपाली नर्स ममता ढकाल कार्यरत छिन् । नेपाली नर्स ममता ढकालले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई घरभित्रै बस्न आग्रह गरेकी छिन् ।

National Life

उनले सामान्य खालको लक्षण देखिएको छ भने पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरस पोजेटिभ नै भएपनि सामान्य लक्षण भएको अवस्थामा घर भित्रै बस्नु उपयुक्त हुने बताएकि छिन् ।

कोरोना संक्रमणको जस्तो सामान्य लक्षण देखिएका तर संक्रमण नभएका बिरामीहरु कोरोना परीक्षणका लागि अस्पताल आउँदा भींडभाड र लाइनमा झन् संक्रमणको खतरा हुने भएकाले सामान्य लक्षण देखिनासाथ अस्पताल नआउन उनले सुझाव दिएकी छिन् । घरमै सेल्फ क्वारेन्टाइनमा बस्दा उपयुक्त हुने बताएकि छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया