• २५ भदौ २०८३, बिहीबार
  • ३ः५२ दिउँसो

अत्यावश्यक बाहेकका पसल सञ्चालन नगर्नु : वडाध्यक्ष सापकोटा

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०१:४९

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू) ले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन अत्यावश्यक सामान विक्री गर्ने पसल बाहेक अन्य पसल सञ्चालन नगर्न आग्रह गरेको छ । गुण्डूभित्रका कुनै पनि पसलमा चिया नबेच्ने, पसलमा साबुन पानीले हातधुने अनिवार्य व्यवस्था गर्ने, सामान किन्ने र बेच्ने व्यक्तिको दुरी कम्तिमा एक मिटर कायम गर्ने, सामान किन्ने र बेच्ने व्यक्तिले अनिवार्य माक्स लगाउनुपर्ने र पसलमा भिडभाड गरेर सामान विक्री वितरण गर्न नपाइने नियम कार्यान्वयन गर्न वडा कार्यालयले सबैमा आग्रह गरेको छ ।

National Life

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले वडा कार्यालयले सार्वजनिक गरेको नियम पूर्णरूपमा कार्यान्वयन गर्न पसल सञ्चालक र उपभोक्तालाई आग्रह गर्नुभभयो । साथै उहाँले नेपाल सरकारले लागू गरेको लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गरी कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

प्रतिकृया